Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

च्याटमा बढी इमोजी प्रयोग गर्ने मानिसले धेरै डेट र सेक्स गर्ने खुलासा

काठमाडौं । च्याट गर्दा इमोजी कत्तिको प्रयोग गर्नुहुन्छ । इमोजी भनेको बिभिन्न संवेदनाहरुलाई व्यक्त गर्ने कार्टुन आकारको मुहारको चित्र हो । च्याट गर्दा रिसाएको, हाँसो लागेको, तनावमा आएको, रुन मन लागेको जस्ता कतिपय इमोजीहरु प्रयोग गरिन्छन् ।

तर के यी इमोजी र यौन जीवनको कुनै सम्बन्ध होला त ?

सुन्दैमा अचम्म र बेकारको प्रश्न लाग्न सक्छ ।

तर एउटा नयाँ अध्ययनले भने मानिसको यौन व्यवहार र इमोजीका बीचमा सम्बन्ध हुने तथ्य सार्वजनिक गरेको छ ।

यो नयाँ अध्ययनले इमोजीको प्रयोगबाट मानिसको यौन जीवनमा सकारात्मक असर पर्ने बताएको छ ।

इण्डियाना विश्वविद्यालयमा अवस्थित किन्से इन्सिच्यूट र लेक फरेष्ट कलेज इलिनोइसले गरेका दुईवटा बेग्लाबेग्लै अध्ययनमा यो कुरा सार्वजनिक भएको हो ।

अध्ययन अनुसार, कुराकानीमा इमोजी र इमोसनको नियमितरुपमा प्रयोग गर्नेहरु नगर्ने मानिसको तुलनामा बडी डेटमा जाने र यौन क्रियामा संलग्न हुने जनाइएको छ ।

यो अध्ययनमा ५ हजार ३ सय बढी एकल अमेरिक बयस्कहरुलाई समावेश गरिएको थियो । १८ वर्षदेखि ९४ वर्ष उमेर समूहका यो नमूना अनुसार ३० प्रतिशतले इमोजी या इमोसनको प्रयोग गर्ने पाइएको थियो ।

अर्को अध्ययनमा १८ वर्षदेखि ७१ वर्षसम्मका २ सय ७५ जना बयस्कहरुमा अध्ययन गरिएको थियो । यो अध्ययनमा इमोजीको बारम्बार प्रयोग गर्नेहरु डेटिङको संसारमा सफल भएको पत्ता लागेको छ ।

तर इमोजी पठाउँदैमा यौन या डेटमा प्रगति नै हुन्छ भनेर कोरारुपमा सोच्नु भने नहुने अध्ययनले बताएको छ । खासमा इमोजी या इमोशनको प्रयोग गर्नेहरु बढी रोमान्टिक, बढी भावुक र जिस्किन चाहने हुन्छन् ।
–मेट्रोबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: