श्रीलंका विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौंः श्रीलंकन सिंहहल्सेस स्पोर्टस क्लब (एसएससी) यू–२३ टोलीविरुद्धको अभ्यास खेलमा नेपाली युवा टिम ३ विकेटले पराजित भएको छ ।

अन्तिम बलमा नेपालले क्याच ड्रप गरेपछि अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपाले दिएको २४१ रनको लक्ष्य एसएससीले अन्तिम बलमा पूरा गर्न सफल भयो ।

याे पनि पढ्नुस  राशिद खानले लिए २ विकेट, श्रीलंकालाई तेस्रो झड्का

यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली युवा टोलीले श्रीलंकामा स्थानीय क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा आज एसएससीसँग खेलेको हो।

वर्षाकाकारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङ पाएको नेपालले ७ विकेट गुमाएर २४० रन बनायो ।

आशिफ शेखले ८८, सन्दीप जोराले ३३, रोहित पौडेलले ८, लोकेश बमले १, रित गौतमले ३१ र पवन सराफले ३० रन बनाए । यस्तै हरि चौहान १८ र भिम सार्की १५ रनमा नट आउट रहे ।

याे पनि पढ्नुस  नेपाललाई पहिलो सफलता, विष्फोटक श्रीलंकन ब्याट्सम्यान आउट

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्