विद्यार्थीको सिकाईमा सुधार ल्याउन पढाई उत्सव

धनगढीः बालबालिकाहरुको पढाईमा सुधार ल्याउनका लागि धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा मंगलबार पढाई उत्सवको आयोजना गरिएको छ । पढाई उत्सवको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच उद्घाटन गरे।

पढाई उत्सवको उद्घाटन गर्दै नगरप्रमुख वडले शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि उप–महानगरपालिका लागि परेको बताए । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउनका लागि अधिकांश विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन सुरु गराएको नगरप्रमुख वडले बताए । त्रिनगर माध्यमिक विद्यालयले पढाई उत्सवको आयोजना गरेर राम्रो अभ्यास गरेको उनले बताए ।

याे पनि पढ्नुस  गौरा पर्वमा देउडा गीतमार्फत महिला हिंसाबारे सचेतना

त्रिनगर माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष प्रेम बिसीले विद्यालयको पढाईमा यस उत्सवले सुधार ल्याउने बताए । उनले त्रिनगरमा सबै तहमा विगतको तुलनामा पढाईमा सुधार आएको र विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा लिनुपर्ने अवस्था आएको बताए । त्रिनगर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भूपाल सिंह खड्काले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत पढाई उत्सवको आयोजना गरिएको बताए ।

याे पनि पढ्नुस  धनगढीका कोरोना संक्रमितले भेटेका सबैको खोजी हुँदै, परिवारका सदस्यको नमूना संकलन आज

उत्सवले पढाई वातावरणलाई प्रवर्धन गर्न, बालबालिकाको सिकाइ उपलब्धी जानकारी हासिल गर्न तथा शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्