गौरा पर्वमा देउडा गीतमार्फत महिला हिंसाबारे सचेतना

धनगढीः धनगढी उप–महानगरपालिकाको न्यायिक समितिले मंगलबार लैङ्गिक हिंसा बिरुद्धको देउडा गीत प्रतियोगितामा आयोजना गरेको छ । देउडा गीत प्रतियोगितामा सहभागी महिलाहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको कुरालाई गीतमार्फत प्रस्तुत गरे। निर्मलाको बलात्कारपछि हत्या भएको एक बर्षभन्दा बढी समय वित्दासमेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै चाडो दोषी पत्ता लगाउन देउडामार्फत आग्रह गर्रिएको छ ।

याे पनि पढ्नुस  तीज गीतले समाज रुपान्तरण गरोस् : उप–प्रमुख भट्ट

त्यसैगरी देउडा गीत प्रतियोगितामा गर्भमा लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने क्रम बढेको भन्दै देउडा खेल्नेहरूले चिन्ता ब्यक्त गरे । घरेलु हिंसा, कार्यक्षेत्रमा हुने हिंसा र महिला कामदारको ज्यालामा गरिने बिभेदको बिषय पनि देउडा गित प्रतियोगितामा उठ्यो ।

लैङ्गिक हिंसाको अवस्थामा बारेमा सन्देश प्रवाह गर्ने र न्यूनीकरणका लागि दवाव दिने उद्देश्यले गौराको अवसरमा देउडा गीत प्रतियोगिताको आयोजना गरेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायिक समिति संयोजक सुशिला मिश्रले बताईन । ‘न्यायिक समितिको संयोजक भएर काम गर्दा कल्पना गरेको भन्दा फरक किसिमका हिंसाका घटना फेला परे,’ उप–प्रमुख भट्टले भनिन्, ‘लैङ्गिक हिंसाको अबस्था कस्तो छ भन्ने बिषयमा आम जनमानसमा सन्देश दिन देउडा गीत प्रतियोगित आयोजना गरिएको हो ।’

याे पनि पढ्नुस  तीज गीतले समाज रुपान्तरण गरोस् : उप–प्रमुख भट्ट

प्रतियोगितामा उप–महानगरपालिकाका बिभिन्न वडाबाट १० वडा महिला समुहहरू सहभागी भएका छन् । डेउडागित प्रतियोगिता दुई दिनसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्