सचिनले पनि तोड्न सकेनन् पाकिस्तानी क्रिकेटरको यो रेकर्ड

काठमाडौं । विश्व क्रिकेटमा सचिन तेन्दुलकरको विशिष्ट स्थान रहेको छ । भारतका लागि त उनी सुपर क्रिकेटर हुन नै ।

क्रिकेटका कतिपय कीर्तिमानहरुको कुरा गर्दा सचिन तेन्दुलकरसँग तुलना गरिन्छ । सचिनपछि आएका सौरभ गांगुली, धोनीदेखि बिराट कोहलीले समेत विशिष्ट प्रदर्शन गर्दा सचिनको रेकर्ड तोडेक कि तोडेनन् भन्ने चासो सबैमा हुन्छ ।

सचिनले बिभिन्न रेकर्ड राखेपनि उनले पनि पाकिस्तानका एकजना क्रिकेट खेलाडीको रेकर्ड भने तोडन सकेका छैनन ।

काे हुन् मोहम्मद यूसुफ?

पाकिस्तानका प्रख्या ब्याट्सम्यान युसुफले आज आफ्नो ४५ औं जन्मदिन मनाईरहेका छन् । उनले विश्व क्रिकेटमा दुई यस्ता रेकर्ड बनाएका छन्, जुन आज पनि अटूट छन् । यहाँसम्म कि क्रिकेटका भगवान भनेर चिनिने सचिन तेन्दुलकर, विब रिचर्डस र रिकी पोन्टिङले समेत उनको यो रेकर्ड तोड्न सकेका छैनन् ।

पाकिस्तानको लाहौरमा सन् १९७ को अगस्त २७ तारिखमा जन्मेका दायाँ हातका ब्याट्सम्यान मोहम्मद यूसुफले पाकिस्तानी टिमका लागि लामो समयसम्म क्रिकेट खेले । सन् १९९८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका यी खेलाडीले सन् २०१० सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

यो बेला उनले कैयन रेकर्ड कायम राखे । यी मध्ये एउटा रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन ।

मोहम्मद युसुफलाई हामी युसुफ योहानाको नामले पनि चिन्छौं । मोहम्मद युसुफले वर्ष २००६ मा पाकिस्तान टीमका लागि टेष्ट खेलमा ९ शतक बनाएका थिए । यसअतिरिक्त युसुफको नाममा एउटा टेष्ट क्यालेण्डरमा सबैभन्दा बढी रन बनाउने विश्व रेकर्ड पनि छ । मोहम्मद युसुफले २००६ मा नै ११ टेष्ट खेलका १९ पारिमा १७८८ रन बनाएका थिए । यसमा दुईटा दोहोरो शतकसहित ९ शतक र ३ अर्धशतक रहेका छन् ।

मोहम्मद युसुफबाट अगाडि वेष्ट इण्डिजका रिचर्डसको नाममा एउटा टेष्ट क्यालेण्डरमा सबैभन्दा बढी विश्व रेकर्ड बनाउने कुरा थियो । रिचर्डसले सन् १९७६ मा ११ खेलका १९ पारिमा १७१० रन बनाएका थिए । यसमा दुई दोहोरो शतकसँगै ७ शतक र ५ अर्धशतक थिए । यसपछि तेश्रो नम्बरमा दक्षिण अफ्रिकाका ग्रीम स्मिथ रहेका छन् । उनले १५ खेलमा ६ सतकको मद्दतले १६५६ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्