रवि लामिछानेलाई आफूसँग चुनाव लड्न खेम भण्डारीले दिए चुनौती

काठमाडौंः  पत्रकार खेम भण्डारीले सिधा कुरा जनतासँगका प्रस्तोता रबि लामिछानेलाई राजनीतिमा आएर आफूसँग भिड्न चुनौती दिएका छन् ।

भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी चुनाबमा आफूसँग भिड्न चुनौती दिएका हुन् ।

सञ्चारकर्मी रबि लामिछानेले राजनीतिमा आउन सक्ने संकेत दिएपछि उक्त बिषयलाई स्वागत गर्दै सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट आफूसँग भिडेर हेर्न भनेका छन् ।

देश बनाउन राजनीति नै गर्नुपर्ने बताउँदै पत्रकार भण्डारीले रविलाई राजनीति मै आउन भनेका छन् ।

पत्रकार भण्डारीले रबि लामिछानेको राजनीति गर्ने मुड निकै राम्रो भएको समेत बताएका छन् ।

पत्रकारिता क्षेत्रमै रहेका भण्डारी र लामिछाने केहि दिनदेखि निर्मला पन्त प्रकरणमा एकले अर्कालाई आछेप लगाउदै आएका थिए । उनीहरु परस्पर बिरोधि मानिन्छन ।

के भनेका थिए रविले?
मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफू राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताएका थिए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्