एसपीकाे मल्लकाे नाममा नक्कली फेसबुक आइडी बनाएर पाेष्ट गरिए अश्लील स्टाटस

चितवनः  चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लकाे नाममा नक्कली फेसबुक खाेलेर असामाजिक गतिविधि भएकाे छ ।

चितवन प्रहरिले आज एक सूचना जारि गर्दै मल्लकाे नाम दुरुपयाेग गरेनेमाथि कानुनी कार्वाहि गर्ने जनाएको छ ।

प्रहरी कार्यालयको आधिकारिक फेसबुकमा भनिएको छ, ‘घटनालाई गम्भिर रुपमा लिएर यस कार्यालय तथा तालुक केन्द्रिय अनुसन्धान व्युरोबाट अनुसन्धान भइरहेको छ । संलग्न व्यक्ति जो कोही भए पनि कानुनी दायरामा ल्याउने नै छौं । यदि यस घटना सम्बन्धमा तपाइसँग केही सूचना भए जानकारी गराउनु होला धन्यवाद !’

याे पनि पढ्नुस  पुडासैनी घटनामा भ्रम फैलाउने अनलाइन र यूट्युब च्यानलको सूची तयार, कार्वाही गरिने

कमेन्ट गर्नुहोस्