तामाकोशीले बगाउँदा विदेशी पर्यटकको मृत्यु

दोलखाः दोलखाको विगु गाउँपालिका–१ स्थित पर्यटकीय तथा धार्मीक क्षेत्र लप्ची घुम्न आएका एक विदेशी नागरिकलाई तामाकोशी नदीले बगाउँदा मृत्यु भएको छ ।

लप्ची घुमेर सोमबार लामाबगर हुँदै सदरमुकाम चरिकोट तर्फ फर्किरहेका ल्याटभियाका पासपोर्ट नम्बर एल भी ३९७६५९४ रहेका ३२ वर्षिय कन्स्टेनटिन्स् टोडोसिनकभ्सलाई मंगलबार लामाबगर नजिकै तामाकोसी नदीले बगाउँदा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  दोलखामा जेसिबी दुर्घटना, एकको मृत्यु तीन घाइते

श्रीमती यरीना टोडोसिनकभा र दुई नेपाली भरिया सहित फर्कदै गरेका उनलाई तामाकोसी नदीको किनारबाट हिड्ने क्रममा फेदी भन्ने स्थानबाट दिउँसो १ः३० बजे नदीले बगाएको थियो ।

नदीले बगाएको खवर प्राप्त हुँनसाथ प्रहरी सहायक निरीक्षक सहितको चार जानाको टोलीले खोजीकार्य गर्दा करिब एक किलोमिटर तल लास भेटिएको इलाका प्रहरी कार्यलय सिंगटीका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

याे पनि पढ्नुस  दोलखा केन्द्र भएर भूकम्पको धक्का

नदीको बीच भागको ढुङ्गा र काठको चेपमा अड्किएको लाश माथिल्लो तामाकोसीको सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको सहयोगमा स्काभेटर र डारी प्रयोग गरि निकालिएको छ ।

विदेशी नागरीक भएकोले घट्नाको मुचुल्का उठाएर शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । मृतक बौद्ध धर्मावलम्बी भएकाले धार्मीक यात्रामा चप्चे पुगेका थिए ।

कमेन्ट गर्नुहोस्