विप्लवका नाममा प्रचण्डबारे भ्रम सिर्जना गर्ने प्रयास

काठमाडौंः  आज मंगलबार अपरान्ह विप्लवको नाम जोडिएको फेसबुक समूहबाट नेकपा अध्यक्ष प्रचण्डका बारेमा भ्रामक सूचना सार्वजनिक गरिएको छ ।

‘विप्लव फ्यान क्लब काठमाडौं’ को नाममा खुलेको फेसबुक ग्रुपमा आज भन्दा केही वर्ष अघिको भिडियो सम्प्रेषण गर्दै प्रचण्डको आलोचना गरिएको भिडियो पछि अन्यले समेत शेयर गर्दा भ्रम सिर्जना भएको थियो ।

याे पनि पढ्नुस  जनयुद्दमा दलितले बन्दूक बोकेको देख्दा गर्व लाग्थ्यो- प्रचण्ड

३३ दलिय माेर्चाले गरेकाे आन्दोलनका क्रममा प्रहरीसँग भएकाे झडपका बेलाकाे उक्त भिडियो आज नै खिचिएको आशयले स्टाटस लेखिएपछि नेकपा समर्थकहरुले कडा प्रतिवाद गरेका छन् । “प्रचण्डमाथि सांघातिक हमलाकाे प्रयास” भन्दै पाेष्ट गरिएकाे भिडियाे अन्याैलता र भ्रम सिर्जना गर्ने प्रयाेजनले सार्वजनिक गरिएकाे देखिन्छ । प्रचण्ड सचिवालयले समेत यसकाे खण्डन गरेकाे छ ।

याे पनि पढ्नुस  पार्टी र सरकारविरुद्ध आक्रमणकाे व्यवस्थित प्रतिवाद गर्न प्रचण्डकाे निर्देशन

पछिल्लो समयमा राजावादिहरुले अध्यक्ष प्रचण्डलाई निशानामा पारेको बेला विप्लव समुहले समेत भ्रम सिरेजना गरि मानमर्दन गर्ने काम गर्नुलाई संयोग मात्र मान्न नसकिने केहिले टिप्पणि गरेका छन् । अहिले उक्त भिडियाे राजावादि, रवि लामिछाने समर्थक र विप्लव निकटका पेज, समूह र व्यक्तिहरुका फेसबुकमा वालमा व्यापक शेयर गरिएकाे छ ।

याे पनि पढ्नुस  प्रचण्डको प्रश्नः आत्मसमर्पण गर्ने कि समाजवादको बाटो लिने?

उक्त समूह विप्लवका कार्यकर्ताले सञ्चालन गरेका हुन या अरु कसैले विप्लवको नाम प्रयोग गरेको हो भन्ने खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्