सामसङ ग्यालेक्सी नोट टेन र नोट टेन प्लस सार्वजनिक

काठमाडौं । सामसुङ मोबाइलको ‘नोट १०’ र ‘नोट १० प्लस’ नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ ‘सिरिज’को नोट १० र नोट १० प्लस नेपाली बजारमा भित्र्याएको हो ।

नोट १० को प्रतिसेट स्थानीय बजार मूल्य एक लाख १६ हजार र नोट १० प्लसको बजार मूल्य एक लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नोट १० प्लसमा तीनओटा क्यामेरासहित थ्रीडी क्यामेरा, उच्च क्षमतालगायतका विशेषता रहेको सामसुङका लागि नेपालको व्यापार विभाग प्रमुख प्रणयरत्न स्थापितले बताए । स्लीम, स्मार्ट, आकर्षक डिजाइनका कारण यी सेटहरु युवापुस्तामा छिट्टै लोकप्रिय हुने कम्पनीको दाबी छ ।

कमेन्ट गर्नुहोस्