सुर्खेतको एमाले मोडमा बस दुर्घटना हुँदा एकको मृत्यु, २७ जना घाइते

सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईकोबीचमा पर्ने एमाले मोडमा बस दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको हो । दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्।

मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ। सुर्खेत प्रहरीका अनुसार बस विहान ३ बजे तिर दुर्घटना परेको हो ।

उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्