कृषि उत्पादन पहिलो प्राथमिकता, २०% रकम विनियोजन गरिने- रेनु दाहाल

मेघौली । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले कृषि उत्पादन बढाउनु नै महानगरको पहिलो प्राथमिकता रहेको बताएकी छन् । उनले महानगरले २० प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजन गरेको बताइन् ।

भरतपुर महानगरपालिका वडा नं.१८, शशिनगरस्थित सदाबहार ताजा तरकारी संस्था लि। को नवनिर्मित भवन तथा तरकारी संकलन केन्द्रको मंगलबार उद्घाटन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिकाले २० प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजन गरेको जानकारी दिइन् ।

याे पनि पढ्नुस  राजनीतिभन्दा कृषि प्यारो

मेयर दाहालले फलफूल, तरकारी, माछा, च्याउ, केराजस्ता कृषि उत्पादनको बिकासका लागि महानगरभित्र सम्भाव्य पकेट क्षेत्र पहिचान गरी घोषणा गरिने बताउँदै एकीकृत नमुना कृषि फर्म निर्माण गरी कृषि प्रविधिको प्रसार गरिने र दुग्ध उत्पादनमा हाल प्रदान गरिँदै आएको प्रतिलिटर २५ पैसाको अनुदानलाई चार गुणा वृद्धि गरी एक रूपैयाँ प्रतिलिटर कायम गरिएको बताइन् ।

कमेन्ट गर्नुहोस्