शालिकराम पुडासैनी आत्महत्याः दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा

काठमाडौं । नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्, बरु हामीबाट तर्किन खोजे ।

फाँटको बीचमा ढलान गरिएको एकतले घर । १२ वैशाख ०७२ को भूकम्पपछि शालिकरामले नै बनाएका थिए । अनन्तरामदम्पती यही घरमा बस्छन् । यो सूचना हामीले बाटैमा लिएका थियौँ, पुडासैनी परिवारलाई नजिकबाट चिन्नेहरूसँग ।

घरमै पुग्दा आँगनमा भेटिए शालिकका दाइ २९ वर्षीय हरि पुडासैनी । उनी पनि हामीसँग तर्किन खोजे । हामीले मिडियाबाट आएको जानकारी गराउँदा निधार खुम्च्याए । अनुहार रातो पारे । आक्रोशमिश्रित बोली फुटाए, ‘कसैसँग कुरा गर्नु छैन । कुरा गरेर फाइदा पनि छैन । हामीले थाहा पाइसक्यौँ, तपाईंहरू किन आएको भनेर । हामीलाई न्याय होइन, चिथोर्न आएको हो तपाईंहरू ।’ हामी नाजवाफ भयौँ ।

घरपछाडि कान्लामा घाँस काट्दै थिइन् शालिककी ५८ वर्षीया आमा मीनकुमारी पुडासैनी । छोरा हरि र हाम्रो खासखुस कुरा सुनिरहेकी उनी पनि आँगनतिर आइन् । मुढामा टुक्रुक्क बसिन् र भक्कानिँदै विरह पोख्न थालिन्, ‘छोरो गुम्यो । छाती भतभती पोलेको छ । आँखा अझै ओभाउन सकेको छैन । न्याय पाउनुपर्ने त हामीले । तर, मिडियाका कारण उल्टै पीडित भइयो । निको हुन लागेको पीडा मिडियाकै कारण बल्झिएको छ ।’

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

घरपछाडि कान्लामा घाँस काट्दै थिइन् शालिककी ५८ वर्षीया आमा मीनकुमारी पुडासैनी । छोरा हरि र हाम्रो खासखुस कुरा सुनिरहेकी उनी पनि आँगनतिर आइन् । मुढामा टुक्रुक्क बसिन् र भक्कानिँदै विरह पोख्न थालिन्, ‘छोरो गुम्यो । छाती भतभती पोलेको छ । आँखा अझै ओभाउन सकेको छैन । न्याय पाउनुपर्ने त हामीले । तर, मिडियाका कारण उल्टै पीडित भइयो । निको हुन लागेको पीडा मिडियाकै कारण बल्झिएको छ ।’

वातावरण स्तब्ध बन्यो । वियोग वेदना तस्बिरमा उतार्ने जमर्को भयो । क्यामेरा झिक्न हामी अघि बढ्यौँ । तर, उनीहरू हातपातमै उत्रन खोजे । हामी चुपचाप रह्यौँ । नजिकै थिए, शालिकका माइला दाइ ३१ वर्षीय विष्णु पुडासैनी । वातावरण केही सम्हालिएपछि हामी उनीनजिक पुग्यौँ । जिज्ञासापछि उनले भने, ‘केही दिनअघि दुईवटा मिडिया आएका थिए । कुरो त राम्रै गरेर गएका थिए । तर, प्रसारण हुँदा हामीले दबाबमा प्रहरीमा जाहेरी दिएको भन्ने आयो । पछि त्यही जाहेरी फिर्ता लिन पीडित नै तयार भएको भन्ने आयो । किरियापुत्री बसेको सात दिनपछि भाइको भिडियो सार्वजनिक भयो । त्यो पनि हामीले नै सार्वजनिक गरेको भन्ने समाचार आयो । यस सम्बन्धमा हामीमाथि पो छानबिन हुने कुरा आए । यस्ता गलत समाचारले न्याय दिन्छ कि पीडा ?’

पत्रकारितामाथि गम्भीर नै प्रश्न उठेपछि हामीले प्रमाणित गर्नैपर्ने भयो । परिचयपत्र र भिजिटिङ कार्ड देखाएपछि वातावरण केही सहज भयो । पुडासैनी परिवार कुराकानीका लागि तयार हुँदै गयो ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

राति १०ः३० बजेको त्यो खबर…

२० साउनको राति १०ः३० बजे, अनन्तराम सुतिसकेका थिए । मोबाइलको एकोहोरो घन्टीले उनको निद्रा भंग गर्यो । नम्बर हेरे, चिनेकै झैँ लाग्यो । फोन उठाए । जब खबर सुने, भाउन्न छुट्यो । घरको जगै हल्लिएझैँ भयो । ढलुँला–ढलुँला भएका उनी बल्लतल्ल सम्हालिए । सँगै सुतेकी श्रीमती मीनकुमारीलाई खबर सुनाए । उनी झन् भक्कानिन थालिन् । पीडामाथि पीडा थपियो । हत्तपत्त बाहिर निस्किएर नजिकै रहेका छोराकहाँ पुगे । घटनाबारे थप बुझ्न अह्राए । विष्णु पुडासैनीले त्यस्तै गरे ।

२० साउनको राति १०ः३० बजे, अनन्तराम सुतिसकेका थिए । मोबाइलको एकोहोरो घन्टीले उनको निद्रा भंग गर्‍यो । नम्बर हेरे, चिनेकै झैँ लाग्यो । फोन उठाए । जब खबर सुने, भाउन्न छुट्यो । घरको जगै हल्लिएझैँ भयो । ढलुँला–ढलुँला भएका उनी बल्लतल्ल सम्हालिए । सँगै सुतेकी श्रीमती मीनकुमारीलाई खबर सुनाए । उनी झन् भक्कानिन थालिन् । पीडामाथि पीडा थपियो । हत्तपत्त बाहिर निस्किएर नजिकै रहेका छोराकहाँ पुगे । घटनाबारे थप बुझ्न अह्राए । विष्णु पुडासैनीले त्यस्तै गरे । शालिकको मृत्यु नै भएको पक्का भयो ।

शालिकको मृत्यु नै भएको पक्का भयो । घटनास्थल पत्ता लागेपछि सँगै रहेका छोरासहित अनन्त रातको ११ बजे नै घरबाट निस्किए । चितवनको कंगारु गेस्टहाउसस्थित घटनास्थल पुग्दा बिहानको ९ बजिसकेको थियो । घटनास्थललाई प्रहरीले सिल गरिसकेको थियो । प्रहरीको सहयोगमा अनन्त घटनास्थल पुगे । सिलिङमा झुन्डिरहेका शालिकलाई देखे । अवाक् बनेका उनको आँखाबाट आँसु बगिरह्यो, केही बोल्न सकेनन् ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

आइतबार रिस्टेटारस्थित घरमा भेटिएका उनले भने, ‘छोराको आत्महत्या हो कि हत्या भेउ पाउन सकिएको छैन । ऊ आत्महत्या गर्ने खालको मान्छे थिएन । एकाएक भिडियो सार्वजनिक भएछ । मैले पछि भेटेँ । हेर्नै सकिनँ । कसैले आत्महत्या गर्न बाध्य पारेको हो कि जस्तो भिडियो हेर्दा थाहा भयो । त्यही आधारमा जाहेरी हालेका छौँ । के हुने हो केही पत्तो छैन ।’

परिवारका अनुसार शालिक विवाहलगत्तै श्रीमती सम्झनासँग काठमाडौंमै बस्दै आएका थिए । उनले सेक्युरिटी गार्ड सप्लाई गर्ने कार्यालय सञ्चालन गरेका थिए । पछिल्लो दुई वर्षपछि भने रवि लामिछानेले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’को टिममा आबद्ध थिए । केही महिनाअघि त्यो पनि छाडेर माउन्टेन टिभीतर्फ लागेका थिए । यीबाहेक परिवारका सदस्यलाई शालिकबारे अन्य जानकारी छैन । जसले गर्दा शालिकको मृत्युबारे परिवारका सदस्य बिल्कुल अनभिज्ञ छन् ।

शालिकका माइला दाइ विष्णुले भने, ‘आवश्यक परेको सामग्री ल्याउँथ्यो । कहिलेकाहीँ टेलिफोनमा कुरा हुन्थ्यो । सन्चोबिसन्चोबाहेक अन्य खासै सोधखोज हुन्न थियो । त्यसो हुँदा उनको विस्तृत जानकारी कसैलाई थाहा छैन । एक्कासि उनको मृत्यु भएको खबर आयो । यस्तो कसरी हुन सक्यो, हामी छक्क परेका छौँ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्