Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुराको भागेश्वरमा जीप दुर्घटनाः १ को घटनास्थलमै मृत्यु, ३ घाईते

डडेल्धुरा– भागेश्वर गाउँपालिकाको डुङरी भन्ने स्थानमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन्।

डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको म १ ज २१० नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका वडा नं. ७ का ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा तीन जना सामान्य घाईते भएको र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । जीपमा २२ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनापछि जीप चालक जयराज भट्ट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: