आज कतिमा कारोबार हुँदैछ सुन?

काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलवार तोलामा ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलाको ७२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने मंगलबार तोलामा ८६० रुपैयाँमा कारोबार भएकोमा बुधवार २० ले बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्