बाजुराः जीर्ण भएको झोलुङ्गे पुलमाथि यात्रा गर्न बाध्य छन्, बाजुरेलीहरू अर्थात बाजुराका जनता । जिल्लाको ताप्रीसेरामा पुल छ तर पुलमाथिबाट नदीको पानीको बगिरहेको छ ।
त्यसैमा यात्रा गर्न उनीहरू बाध्य छन् । बर्षाको समयमा जीर्ण भएको पुलमाथिबाट पानी बग्दा पनि स्थानीयबासी ओहोर दोहोर गरिरहेका छन् । उक्त पुल जीर्ण हुदाँ पनि अहिलेसम्म कुनै पनि निकायले मर्मत सम्भारमा ध्यान दिएका छैनन ।