कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस्: १ को मृत्यु, ८ को उपचार हुँदै

पाल्पाः रम्भा माविमा कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस् भएका छन् । कोचिङ पढ्दा पढ्दै बेहोस् भएकी एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा छात्रा कमला फाल रहेकी छिन् ।

स्कुलमा अन्य ८ जना बेहोस् भएको र तीमध्ये दुईको अवस्था सामान्य रहेको छ । बेहोस्पछि उपचारका लागि ताहु स्वास्थ्य चौकीमा लगिएकोमा स्वाथ्य चौकीले विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो। लुम्बिनी मेडिकल कलेजमा १६ वर्षीय कमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीले बताए ।

गम्भीर एकजना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको जीसीले जानकारी दिए । विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान कोचिङ कक्षा संचालन गर्दै आएको छ ।

विद्यार्थी बेहोस् हुँदा मास हिस्टेरिया जस्तो लक्षण देखिने गरेको छ । यस विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली विद्यालय गएको छ ।

कमेन्ट गर्नुहोस्