काठमाडौं–तराई द्रुतमार्गः लागत १ खर्ब ७५ अर्ब, साढे तीन वर्षमा सक्ने सेनाको दाबी

काठमाडौंः ७२.५ किलोमिटर लामो काठमाडौं–तराई द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब लाग्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्ग निर्माण कार्य सक्न १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिए । उनकाअनुसार द्रुतमार्गको आगामी साढे तीन वर्षमा निर्माण कार्य सक्ने नेपाली सेनाले लक्ष्य लिएको छ । लक्ष्यअनुसार काम भइरहेको उनको भनाई थियो ।

द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्