Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युवती जिस्क्याउँदा बिरोध गरेपछि एकै परिवारका १६ जनामाथि एसिड प्रहार

पटना । भारतको बिहार राज्य अन्तर्गत वैशाली जिल्लामा निकै भयानक घटना सार्वजनिक भएको छ ।

वैशालीको दाउदपुर गाउँमा महिलामाथि अभद्र व्यवहार गर्दा बिरोध गर्न खोजेपछि एसिड प्रहार भएको हो ।

के थियो घटना ?
वैशालीका प्रहरी उपाधिक्षक (एसडीपिओ) राघव दयालका अनुसार, मंगलबारका दिन वैशाली थाना दाउदपुर गाउँ निवासी नन्द किशोर भगतका परिवारका एक जना महिलालाई केही युवाहरु जिस्क्याएपछि उनले बिरोध गरेका थिए । बिरोधका क्रममा सामान्य मारपीट भएपछि त्यो दिन घटना शान्त भएपनि अर्कोदिन अभद्र व्यवहार गर्ने समूहले नन्द किशोरको घरमा प्रवेश गरी परिवारका सदस्यमाथि एसिड फ्याँकेका थिए ।

घटनामा १३ जना गम्भीर घाइते भएको जागरण दैनिकले जनाएको छ । केहीको अवस्था निकै गम्भीर रहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई गिरफ्तार गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: