केजरिवालको घोषणाः अब मेरो र दर्जीको छोरा सँगै इन्जिनियरिङ कक्षामा

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालले फेरी अर्को लोकप्रिय घोषणा गरेका छन् । आफ्नो निशुल्क कोचिङ स्किमको चर्चा गर्दैै उनले अब आफ्नो छोरा र एकजना दर्जीको छोरापनि सँगै आईआईटीमा पढने बताए ।

आईआईटी नेपालमा पुल्चोक इन्जिनियरिङ जस्तै भारतको सबैभन्दा प्रख्यात शैक्षिक संस्थान हो ।
हालैमात्र निशुल्क कोचिङ योजना सार्वजनिक गरेका केजरिवालले ट्विट गर्दै भनेका छन्ः

मलाई एकदमै खुशी भइरहेको छ । यो वर्ष मेरो छोरा र यिनको छोरा सँगै आईआईटीमा पढन गइरहेका छन् । वर्षौदेखि गरिबको छोरा राम्रो शिक्षाको अभावमा गरिबीमा नै बाँच्नुपर्ने परम्परा चलिआएको थियो । अब सबैलाई असल शिक्षा र तालिम दिएर हामीले गरिबी र अमिरीको दूरी अन्त्य गरेका छौं ।”

आम आदमी पार्टीका संयोजक केजरीवालले १६ वर्षीय विजय कुमारका सन्दर्भममा उक्त कुरा गरेका थिए । विजय कुमारले जय भीम मुख्यमन्त्री प्रतिभा विकास योजना अन्तर्गत ४,९५३ विद्यार्थी सँगै इन्जिनियरिङमा प्रवेश पाएका छन् । दिल्ली सरकारले वर्ष २०१७ मा यो योजना लागु गरेका थिए । यस अन्तर्गत दलित समुदायबाट आउने छात्रहरुलाई प्रतिष्पर्धी परिक्षाका लागि निशुल्क कोचिङ दिइने गरिन्छ ।

कमेन्ट गर्नुहोस्