बृद्धको हत्या आरोपमा नातीसहित तीन जना पक्राउ

पूर्वी रुकुम : एक बृद्धको हत्या आरोपमा नातीसहित तीन जना पक्राउ परेका छन् । पुथा गाउँपालिका–८ गराली निबासी ७२ बर्षका गंगे बोहराको भदौ ९ गते हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमका अनुसार बृद्धाको हत्या आरोपमा नातीसहित ३ जनालाई बुधबार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरूको नाम भने खुलाएको छैन ।

कमेन्ट गर्नुहोस्