सिंहदरबारमा पड्कियो ११ हजार भोल्टेजको विद्युत लाइन

काठमाडौं : सिंहदरबारमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको छ । बुधबार दिउँसो १२ बजेको समयमा सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा रहेको ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको हो ।

विद्युत लाइन पड्किएपछि सिंहदरबारमा विद्युत अवरुद्ध भएको छ । जसका कारण कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको थियो ।

नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका अनुसार पड्किएको उक्त लाइनको अहिले मर्मत कार्य अन्तिम चरणमा छ । प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्