तुर्किस्तान पठाई दिने भन्दै ठगी धन्दा, तीन लाख लिँदै नक्कली टिकट दिँदै

काठमाडौं :  तुर्किस्तान पठाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर पौवादुम्मा गाउँपालिका वडा नं. ६ वस्ने उमेश कुमार तामाङ रहेका छन् ।

उमेशले रामेछापको गंगा गाउँपालिका–३ का घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका हर्क बहादुर तामाङलाई तुर्किस्तान पठाई दिन्छु भन्दै ३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । तुर्किस्तानमा सुरक्षा गार्डको जागिर लगाइदिने, कम्पनीले खान, बस्नुका साथै मासिक १२ सय डलर तलब दिने भन्दै नक्कली टिकट बनाएर उमेशले हर्कबाट ३ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए ।

३ लाख रुपैयाँ लिएपछि फरार भएका उमेशलाई अपराध महाशखाको टोलीले जोरपाटीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उमेशले अन्य चार जनालाई समेत ३ लाखको दरले रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्