आइतवार सार्वजनिक बिदा

काठमाडौंः  थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अट्वारी पर्व थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार मनाइने प्रचलन रहँदै आएको हो ।

कमेन्ट गर्नुहोस्