प्रधानमन्त्री ओलीको उपचार पुरा हुन अझै एक साता लाग्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया पुरा हुन अझै एक साता लाग्ने भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया जारी रहेकोको अर्को सातासम्म उपचार पूरा हुने बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेका बेला निजी चिकित्सक डा.दिव्यासिंह शाह बुधवार काठमाडौं फर्किएको समेत रिमालले फेसवुकमार्फत जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किएका ओली भदौ ५ गते पुनः उपचारका लागि गएका थिए । त्यहाँ मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिरहेका छन् ।

प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

याे पनि पढ्नुस  उपचार गरेर फर्किए प्रधानमन्त्री, विमानस्थलमा बोलेनन् पत्रकारसँग

कमेन्ट गर्नुहोस्