Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कञ्चनपुरमा ग्यास चुहावटबाट आगलागी, जलेर एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँमा आज बिहान खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको । दुई जना घाइते भएका छन्।

आगलागीमा परेर गम्भीर घाइते भएकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशना नन्द भट्टले जानकारी दिए । अर्का आगलागीमा परेर घाइते भएका मृतकका श्रीमान् नेत्रप्रसाद पौडेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।

पुनर्वास नगरपालिका ६ का धनबहादुर थापाको पोलिक्लिनिक धनगढीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार नेत्रप्रसादका दुवै खुट्टा जलेको र थापाको खुट्टामा सामान्य चोट लागेको छ। भान्सामा खानापकाउने ग्यासको पाइप चुहावट भई आगलागीमा परेकी शान्तालाई जोगाउने क्रममा नेत्रप्रसाद र धनबहादुर घाइते भएको प्रहरीको भनाइ छ। भान्सामा पूर्ण रूपमा क्षति पुगेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: