तोकिएको भन्दा ६ महिना अघिनै पोखरा विमानस्थल निर्माण सकिने

पोखराः  निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अगाडि नै सकिने भएको छ ।

सन् २०२१ जुलाईमा सम्पन्न हुने गरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सिएमसीले द्रुत गतिमा काम गरेकाले अवधी भन्दा छ महिना अगाडि नै विमानस्थल निर्माण हुने भएको हो ।

विमानस्थलको अवलोकन गर्न पोखरा आएका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिएमसीका प्रतिनिधि, आयोजना प्रमुख, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायतले विमानस्थलको भौतिक र आर्थिक प्रगतिसँगै अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँदै छ महिना अगाडिनै निर्माण सक्ने जनाएका थिए ।

मन्त्री भट्टराईलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले लक्ष्यको १२० प्रतिशत काम भइरहेको भन्दै छ महिना अगाडिनै एक सय ६० सिट क्षमताका फोरडि’ जहाजहरु अवतरण गर्न सक्ने जानकारी गराएका थिए ।

निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि, आयोजना प्रमुख लगायतको व्रिफिब सुनेपछि उत्साहित बनेका मन्त्री भट्टराईलाई छ महिना अगाडि विमानस्थल सम्पन्न गरी निर्माणमा संलग्नलाई रथयात्रा सहित पोखरा घुमाउँन आग्रह गरेका थिए ।

आफू मन्त्री भएरदेखि राष्ट्रिय गौरवका आयोजनाहरुमा हरेक दिन भएका प्रगतिको जानकारी लिने गरेको बताउँदै मन्त्री भट्टराईले पोखरा विमानस्थलको प्रगतिले आफूलाई उत्साहित बनाएको बताए ।

नेपालमा काम ढिलो हुन्छ भन्ने रेडिमेड उत्तर स्थापित हुँदै आइरहेका बेला अरवौं रुपैयाँको लागतमा निर्माण हुने पोखरा विमानस्थल छ महिना अगाडि नै सम्पन्न हुने भएपछि त्यस काममा संलग्नलाई रथयात्रा गरेर सम्मान गर्नुपर्छ ।’ मन्त्री भट्टराईले भने ।

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, निजगढ विमानस्थलको निर्माण तथा अन्य सञ्चालित विमानस्थलहरुको स्तरोन्नतीलाई आफूले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै मन्त्री भट्टराईले तोकिएको समयमै भन्दा छिटो सम्पन्न हुनेगरी कामलाई अगाडि बढाइएको जानकारी दिए ।

मन्त्री भएपछि आफूले गर्नुपर्ने कामको बारेमा भित्रै पुगेर अध्ययन गरिरहेको भन्दै मन्त्री भट्टराईले विमानस्थलको भौतिक तथा आर्थिक प्रगति कस्तो छ भन्ने बारेमा जानकारी लिन आफू पोखरा आएको बताए ।

कमेन्ट गर्नुहोस्