१४ महिनापछि नेकपा संसदीय दलको कार्यालय एकै ठाउँमा

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको १४ महिनापछि संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ । हालसम्म सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालय दुई ठाउँमा छन् । एकीकृत भएका तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० का संसदीय दलको कार्यालय हालसम्म आ–आफ्नै ठाउँमा छन् । अब ती कार्यालयलाई एकै ठाउँमा ल्याउने तयारी भइरहेको नेकपा संसदीय सचिवालयले जनाएको छ ।

हालसम्म दुई दलबाट बनेका सङ्घीय सांसदहरूको कामकारबाही साबिकको संसदीय दलको कार्यालयबाट भइरहेको छ । एउटा दलको सांसद अर्को संसदीय दलको कार्यालयमा पनि जाँदैनन् । दुवै दलका सांसदको पिजन हल पनि साबिककै संसदीय दलको कार्यालयमा छन् । यसले संसद् भवनबाहेक संसदीय दलको कार्यालयमा एक अर्कासँग भेट पनि हुँदैन ।

याे पनि पढ्नुस  राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपाको संसदीय कार्यालय राख्ने तयारी सुरु भएको छ । त्यसका लागि लिफ्ट लगाउने काम सकिएको छ भने अन्य काम भइरहेको नेकपाको संसदीय दलमा कार्यरत कर्मचारी जङ्गबहादुर मगरले बताए । चौथो तलामा रहेको संसदीय दलको कार्यालयमा दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आउजाउ गर्न समस्या हुने भएकाले सुरुमै लिफ्ट राख्ने काम गरिएको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  मदनवादी पार्टी नेकपामा समाहित, प्रचण्डद्वारा स्वागत

नेकपा संसदीय दलको कार्यालय दुईवटा तलामा रहने छन् । पाँचौँ तलामा रहेको समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय, विधायन समिति, प्रत्यायोजित व्यवस्थपान तथा सरकारी आश्वासन समितिलाई अन्यत्र सारेर नेकपाको संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा संसदीय दलको नेता, उपनेता, सचेतक, राष्ट्रिय सभाका प्रमुख सचेतकको कार्यकक्ष रहेका छन् भने तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख सचेतक र राष्ट्रिय सभा दलको नेताको कार्यकक्ष रहेको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा, उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्ष तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा रहेको हुनाले अधिकृतसहितको कर्मचारी त्यहाँ राखिएको मगरले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

याे पनि पढ्नुस  राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा

कमेन्ट गर्नुहोस्