Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संकटमा धोनी, दक्षिण अफ्रिका सिरिजबाट आउट हुनसक्ने, पन्तलाई अघि सारिए

काठमाडौं । विश्वकप क्रिकेटपछि सैनिक तालिममा गयर फर्केका महेन्द्रसिंह धोनी समस्यामा पर्ने भएका छन् । टीम ईण्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी वेष्टईण्डिजपिछ दक्षिण अफ्रिकासँग हुने सिरिजबाट हट्न सक्ने भास्कर दैनिकले उल्लेख गरेको छ ।

समाचार अनुसार, चयनकर्ताहरुले धोनीको स्थानमा ऋषभ पन्तलाई छनौट गर्न सक्छन् । भारतीय टिमले १५ सेप्टेम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध तीन टी-20 खेलको सिरिज खेल्ने भएको छ । धोनीले यो बीचमा दुई महिनाको ब्रेक लिएका थिए ।

बिसिसिआईका एक वरिष्ठ अधिकारिले न्यूज एजेन्सीसँग भने अनुसार वर्ल्ड टी-20 भन्दा खगाडि भारतीय टीमले २२ टी-20 खेल खल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा वेष्टईण्डिज सिरिज खेल्ने खेलाडि मात्रै रहने संकेत बिसिसिआईले गरेको छ ।

यो सिरिजको पहिलो खेल १५ सेप्टेम्बरमा धर्कशाला, दोश्रो खेल मोहालि र तेश्रो २२ सेप्टेम्बर मा बेंगलरुमा खेलिनेछ । पन्तपछि संजू सैमसन र इशान किशन पनि चयनर्ताले रोजेका खेलाडि हुन।।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: