क्रिकेट कमेन्टेटेर बन्दै अभिनेत्री सोनम कपूर

एजेन्सीः चलचित्र ‘जोया फैक्टर’ मा अभिनेत्री सोनम कपूर क्रिकेट कमेन्टेटेरको भूमिकामा देखिने भएकी छिन् । यो चलचित्र लेखक अनुजा चौहानको उपन्यासमा आधारित छ । उपन्यासको कथामा मूल चरित्र विज्ञापन प्रबन्ध निर्देशकको विषयमा रहे पनि फिल्ममा भने क्रिकेट कमेन्टेटेरको भूमिकामा रूपान्तरण गरिएको छ।

फिल्ममा सोनमको नाम जोया रहेको छ। जोयाको पिताको भूमिकामा अनिल कपुरलाई लिने भनिए पनि सञ्जय कपुर फाइनल चयन भएका छन्। सञ्जय सोनमकै काका हुन्। क्रिकेट कमेन्टेटेरमा मन्दिरा बेदीले ख्याति कमाएकी छिन्।

निर्माताहरूले फिल्ममा जोयाको चरित्रमा मन्दिराको प्रतिछाया देखाउने सोचमा छन्। यसमा दक्षिण भारतका दलकिर सलमान अभिनेता रहेका छन्।

कमेन्ट गर्नुहोस्