नेपाल भर्सेस श्रीलंकाः नेपालले सस्तैमा गुमायो ३ विकेट

काठमाडौंः  एसीसी एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले बडुरलिया सिसिविरुद्धको दोस्रो अभ्यास खेलमा खराब प्रदर्शन गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सस्तैमा ३ विकेट गुमाइसकेको छ । नेपालले पहिलो विकेटका रुपमा पवन सराफलाई शून्य, आशिफ शेख १४ र खडक बोहरा २ रनमा एल्बीडब्लू आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेट गुमाएर २५ रन बनाएको छ ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुँदैछ ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो । सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्