पेरुमा भेटियो दुई सय २७ जना बालबालिकाको एकै चिहान !

पेरू : पेरुमा दुई सय २७ जना बालबालिकाका सामूहिक चिहान भेटिएको छ । पेरुको राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा पुरातत्वविदहरुले सो चिहान फेला पारेका हुन् ।

उक्त चिहान कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै पहिलेको भएको समाचारमा उल्लेख छ । बली चढाउने प्रथाका कारण त्यति धेरै बालबालिकाहरुको शव एकै ठाँउमा गाडिएको हुन सक्ने अनुमान त्यहाँका पुरातत्वबिदहरुले गरेका छन् ।

पुरात्वात्विक वस्तुहरुको उत्खननका क्रममा भेटिएको त्यस चिहान बलि चढाइएको मध्येको अहिले सम्मकै सबैभन्दा ठूलो चिहान भएको बताइएको छ । कतिपय चिहानको अवशेषको रुपमा छाला र कपाल समेत भेटिएको छ ।

‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले भने । क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो। यसअघि हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो ।

कमेन्ट गर्नुहोस्