सागका लागि पुरुष क्रिकेटको तयारी आइतबारबाट, को–को परे छनोटमा?

काठमाडौं : आगामी मंसिरमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पुरुष क्रिकेटको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

कप्तान पारस खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । जसमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदिप ऐरी, सुनिल धमाला, सौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम शोब, इशान पाण्डे, करण केसी, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ छन् ।

किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहित कुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब अलाम पनि छनोटमा परेका छन् ।

सागमा समावेश २७ खेलमध्ये अन्यको तयारी साउन पहिलो साताबाट सुरु भइसकेको छ । क्रिकेटकोे तयारी भने ढिलोगरी आइतबारबाट सुरु हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्