Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकाविरुद्ध रित गौतमको अर्धशतक पूरा

काठमाडौंः  एसीसी एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीका ओपनर रित गौतमले बडुरलिया सिसिविरुद्धको दोस्रो अभ्यास खेलमा अर्धशतक पूरा गरेका छन् । उनले ३ चौकाको मद्दतमा ९५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

गौतमले संकटका बाबजुत आफ्नो अर्धशतक पूरा गर्न सफल भए । टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दा ३८ ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको छ । अहिले क्रिजमा रित गौतम (६६) र हरिकुमार चौहान (३९) छन् ।

यो अवस्थामा पुर्याउन नेपालका सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहरा २ रन बनाउँदा पवन सराफ भने शून्य रनमै आउट भए ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुँदैछ ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: