भुटानविरुद्ध नेपाल २–० ले अगाडि

काठमाडौं । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भुटानविरुद्ध नेपालले २–० को अग्रता लिएको छ ।

भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो १२ः१५ देखि सुरु भएको खेलमा नेपालले पहिलो हाफ नसकिँदै २ गोल प्रहार गरेको हो । भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

याे पनि पढ्नुस  आज फाइनल पुग्न भुटानसँग खेल्दै नेपाल

उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।

 

कमेन्ट गर्नुहोस्