पानी परेपछि नेपाल र श्रीलंकाको खेल रोकियो

काठमाडौंः  एसीसी एसिया कप सुरु हुनुअघि नेपाल र श्रीलंकाको अभ्यास खेलमा पानी परेपछि खेल रोकिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४०.५ ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । नेपालले आफ्नो दोस्रो अभ्यास खेल अन्तर्गत त्यहाँको बडुरलिया सिसि क्लब विरुद्ध खेल्दैछ ।

दोस्रो खेलमा खराब सुरुवात गरेको नेपालले ५ विकेट गुमाएरपछि भनेर सम्हालेर खेलिरहेको छ । नेपाली युवा टिमका ओपनर रित गौतम ७० र हरिकुमार चौहान ४५ रन बनाएर खेलिरहेका थिए ।

आज सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहरा २ रन बनाउँदा पवन सराफ भने शून्य रनमै आउट भए ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुँदैछ ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्