के होला भारत र पाकिस्तानबीच परमाणु युद्द भए ?

काठमाडौं, जम्मु र कश्मिरको विशेष अधिकार खोस्दै भारतीय संविधानको धारा ३७० खारेज भएपछि पाकिस्तान र भारतबीचको सम्बन्ध चिसिएको छ ।

भारतीय सरकारको यस कदमको देशभित्र र बाहिरसमेत बिरोध भएको देखिन्छ । पाकिस्तानले त यो मुद्दाले कश्मिरका जनताको अधिकार खोसेको र स्थायी शान्तिमा बाधा पुर्याउने भन्दै संयुक्त राष्ट्र संघको विशेष साधारण सभामा समेत यो मुद्दा छलफल हुने अवस्थामा पुर्याएको छ ।

यति मात्रै होइन, पाकिस्तानले भारतलाई बारम्बार धम्कीपूर्ण चेतावनी दिँदै पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र भएको नबिर्सिन समेत चेतावनी दिएको छ ।

भारत र पाकिस्तानबीच के साँच्चिकै परमाणु युद्द होला त ?

अहिलेको अवस्था हेर्दा घटनाक्रम त्यो अवस्थासम्म विकास होला भन्न सकिन्न । तर यदि त्यो तहमा सम्बन्ध बिग्रियो भने चाहिँ यसले ठूलो विनाश निम्त्याउने देखिन्छ ।

नव भारत टाइम्समा प्रकाशित एउटा विश्लेषण अनुसार, यदि दुबै देशले एक अर्कामाथि परमाणु हमला गरेको खण्डा ठूलो त्रासदी फैलिने छ । आगोका कारण करिब ०.७९ किलोमिटरसम्मका सबै कुरा जलेर राख हुने छ । एयर ब्लाष्ट–१ पछि करिब ३.२१ किलोमिटरसम्मको क्षेत्रमा झडका आउने छ । १०.५ किलोमिटरसम्म रेडिएसन फैलिनेछ । न्यूनतम ५० र अधिकतम ९० प्रतिशत मानिसहरु यसको प्रभावमाा आउने छन् ।

एयर ब्लाष्ट २ मा भने १४.२ किलोमिटरसम्मका सबै घर ध्वस्त हुनेछन् । करिब ४७.९ किलोमिटरसम्म थर्मल रेडिएसनको असर हुने छ ।

एयर ब्लाष्ट– ३ पछि ९३.७ किलोमिटरसम्म झ्यालका शीसा फुट्न्ेछन् । १ सय किलोमिटरको क्षेत्रमा ठूलो नोक्सानी हुनेछ ।

हिरोशिमा र नागासाकी भन्दा बढी क्षति

यदि दुबै देशलेले एक अर्कामाथि एक सय किलोटनका परमाणु बम खसाले भने यसको असरबाट १ सय किलोमिटर टाढासम्म झ्यालका शिशा फुट्नेछन् । संसारले दोश्रो विश्व युद्दमा हिरोशिमा र नागासाकीमा भएको त्रासदी अझै बिर्सेका छ्रनन । जबकि त्यो बेला खसालेका बम कम क्षमताका थिए । हिरोशिमामा १५ किलोटन र नागासाकीमा २० किलोटन शक्ति भएको बम खसालिएको थियो ।

एयर ब्लाष्ट भनेको हावामा गराइने विष्फोट हो । यो विष्फोटबाट जमिन ठूलो खाडल पर्दैन । तर यो निकै बढी शक्तिशाली हुन्छ । हावामा विष्फोटपछि यसले हावामा निकै उच्च क्षमताको दबाब बनाउँछ र थर्मल रेडिएसनलाई तीब्र बनाउँछ । हिरोशिमामा खसालिएको १५ किलोटनको परमाणु बम हावामा फाटेको थियो । यस्तो विष्फोटपछि तीब्र झडका लाग्छ भने हावाको दबाबमा अचानक परिवर्तन आउँछ । अनि जोड जोडले हावा चल्न थाल्छ ।

दुबै देशसँग ठूलो परमाणु क्षमता

आज संसारमा कैयन गुणा बढी क्षमता भएका परमाणु बम छन् । यस्तो अवस्थामा परमाणु बम युद्दको कल्पना गर्दा पनि मुटु काँप्न थाल्छ । यता भारत र पाकिस्तान दुबै न्यूक्लियर हतियारको क्षमता बोकेका देश हुन । उनीहरु दुबैसँग परमाणु अस्त्र लैजाने मिसाइल छन् । अर्कोतर्फ दुबै देशले दुबै देशका कुनै पनि कुनामा आक्रमण गर्ने क्षमता विकास गरेका छन् ।

भारतसँग ५ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने मिसाईल रहेको छ । यसले पाकिस्तान बाहिर पनि हमला गर्न सक्छ । पाकिस्तानसँग पनि २ हजार ७५० किलोमिटर टाढासम्म निशाना लगाउन सक्ने मिसाइल रहेका छन् ।

कति छन् त संसारमा परमाणु हतियार ?

शीतयुद्दपछि परमाणु हतियारको संख्यामा कमी आएपनि आज संसारका कैयन देशसँग हजारौंको संख्यामा परमाणु बम र तिनीलाई लक्ष्यसम्म पुर्याउने मिसाइल रहेका छन् ।

रुससँग ६ हजार ५ सय परमाणु हतियार छन् भने अमेरिकासँग ६ हजार १८५ हतियार छन् । फ्रान्ससँग ३००, चीनसँग २९०, ब्रिटेनसँग २१५, पाकिस्तानसँग १४०–१५०, भारतसँग १३०–१४० र उत्तर कोरियासँग २०–परमाणु हतियार रहेको अनुमान छ ।

कमेन्ट गर्नुहोस्