कलंकीको गेष्ट हाउसमा किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

काठमाडौं : कलंकीमा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । कलंकीको पशुपति गेष्ट हाउसमा दैलेख घर भएकी ती किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले धादिङको गजुरी–१ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरिएकोे जनाएको छ । किशोरी बलात्कारमा संलग्न धादिङकै ३० वर्षीय मदन थापा मगर भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।

प्रहरीका अनुसार श्रेष्ठ र थापा मगरले फकाएर लगेर किशोरीमाथि गेष्ट हाउसमा बलात्कार गरेका थिए । त्यस विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्