नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल

काठमाडौं : नेपाल एयरलाइन्सले आफ्नो पहिलो जापान उडान सफल रुपमा अवतरण गरेको छ । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले विदाई गरेको एयरलाइन्सले जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा सफल अवतरण गरेको हो ।

एयरलाइन्सले काठमाडौंबाट १ सय ३४ जना यात्रु लिएर उडेको थियो । ए ३३०–२०० जहाज २ सय ७४ सिट क्षमताको हो ।

वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा उडेको जहाजको फर्कदा विजय लामाले कमाण्ड गर्नेछन् ।

कमेन्ट गर्नुहोस्