भुटानमाथि शानदार जित हासिल गर्दै नेपाल फाइनलमा

काठमाडौंः  नेपालले भारतमा भइरहेको पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।

आज भएको अन्तिम खेलमा भुटानमाथि ६–० गोलको शानदार जीत हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

कल्याणी रंगशालामा नेपाललाई जीत दिलाउन प्रदिप लम्सालले ३, अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एकएक गोल गरे ।

कमेन्ट गर्नुहोस्