रित र हरिको उत्कृष्ट प्रदर्शन, श्रीलंकालाई मध्यम लक्ष्य

काठमाडौंः  एसीसी एसिया कप सुरु हुनुअघि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरिरहेको नेपालले ४०.५ ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको अवस्थामा पानी परेपछि डिएल मेथडका आधारमा सिसि क्लबले १७६ रनको लक्ष्य पाएको हो । श्रीलंकाको यो लक्ष्य ३१ ओभरमा पूरा गर्नु पर्नेछ ।

याे पनि पढ्नुस  श्रीलंका विरुद्धकाे तेस्रो खेलमा पनि नेपालले टस जित्यो

नेपालका लागि ओपनर रित गौतमले नटआउट ७०, हरिकुमार चौहानले ४५, सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहराले २ रन बनाए ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

याे पनि पढ्नुस  डीएल मेथडः नेपालद्वारा श्रीलंकालाई १६५ रनको लक्ष्य

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

याे पनि पढ्नुस  श्रीलंकाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्