Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्रीलाई माेदीकाे कडा निर्देशनः साढे ९ बजे मन्त्रालय पुग्नु, सचिवालयमा नातागोता नियुक्त नगर्नु

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन् ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा मोदीले मन्त्रीहरुको आचरणमा मिडियाको सोझो दृष्टि हुने भएकोले सच्चिन निर्देशन दिएका हुन ।

हिन्दुस्तान टाइम्सका अनुसार, मोदीले हावादारी वाचा नगर्न समेत निर्देशन दिए । “यस्ता दावी र वाचा नगर्नुस जुन पछि तपाई पुरा गर्न सक्नुहुन्न ।” मोदीले भने, “मन्त्रालयमा सल्लाहकारको भूमिकामा आफ्ना नातेदारलाई नियुक्त नगर्नुस् ।”

मोदीले कुनै पनि अभिव्यक्ति दिँदा तथ्यपूर्ण दिन समेत निर्देशन दिए । शासनको ‘गति र दिशामा सुधार’ गर्नका लागि मोदीले मन्त्रीहरुले मन्त्रालयमा सचिव र शीर्ष अधिकारीसँग मात्रै भेटने काम नगरी मन्त्रालयका तल्लो तहका कर्मचारीसँग समेत संवाद गर्नुपर्ने बताए । अर्कोतर्फ क्याबिनेट र राज्यमन्त्रीबीच समन्वयको आवश्यकतामा समेत उनले जोड दिए ।

प्रधानमन्त्री मोदीले कर्मचारीलाई प्रोत्साहित र उत्साहित गर्नुपर्ने बताए । प्रत्येक मन्त्री बिहान साढे नौ बजे मन्त्रालय पुग्न समेत उनले निर्देशन दिए । शीर्ष मन्त्रीले नै अनुशासन र समयको ख्याल गरेमा यसको सकारा्रत्मक प्रभाव सम्बन्धित मन्त्रालयको रचनात्मक र दक्षतामा पर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका हुन । मिडियामा आएका कतिपय समाचारलाई उल्लेख गर्दै मोदीले मन्त्रीहरुले एउटा मानक बनाउन सक्नु पर्ने बताए । कर्मचारीसँग उचित समन्वय, कार्यकर्ता र जनतासँग सम्बन्ध तथा वास्तविकतामा आधारित योजना र काममा उनले बढी जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: