डीएल मेथडः नेपालद्वारा श्रीलंकालाई १६५ रनको लक्ष्य

काठमाडौंः  एसीसी एसिया कप सुरु हुनुअघि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा त्यहाँको बादुरालिया क्रिकेट क्लबलाई डिएल मेथडका आधारमा १६५ रनको लक्ष्य दिएको छ ।

४०.५ ओभरमा वर्षा परेपछि नेपालले ३१ ओभरमा १६५ रनको लक्ष्य दिएको हो । ४०.५ ओभरमा रोकिएको खेल पूरै ५० ओभर खेलाइने निर्णय हुँदा नेपालले ४६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०६ रन बनायो ।

याे पनि पढ्नुस  साग महिला भलिबलः पहिलो सेटमा श्रीलंकाविरुद्ध नेपालको शानदार जित

दोस्रो अभ्यास खेलमा नेपालका रित गौतमले ७६, हरि चौहानले ५६, सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहराले २ रन बनाए ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

याे पनि पढ्नुस  श्रीलंकाविरुद्ध नेपालको १०० रन पूरा

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्