कमलसिंह ऐरीको उत्कृष्ट बलिङ, श्रीलंकालाई लगातार झड्का

काठमाडौंः एसीसी एसिया कप सुरु हुनुअघि दोस्रो अभ्यास खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको बादुरालिया क्रिकेट क्लबले सस्तैमा २ विकेट गुमाएको छ ।

उसले ४.१ ओभरको खेल सकिँदा महत्वपूर्ण २ विकेट गुमाएको हो । नेपाललाई दुवै सफलता कमलसिंह ऐरीले दिलाएका हुन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बादुरालिया क्रिकेट क्लबलाई डिएल मेथडका आधारमा १६५ रनको लक्ष्य दिएको छ ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः पानी परेपछि नेपाल र श्रीलंकाको खेल रोकियो

४०.५ ओभरमा वर्षा परेपछि नेपालले ३१ ओभरमा १६५ रनको लक्ष्य दिएको हो । ४०.५ ओभरमा रोकिएको खेल पूरै ५० ओभर खेलाइने निर्णय हुँदा नेपालले ४६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०६ रन बनायो ।

दोस्रो अभ्यास खेलमा नेपालका रित गौतमले ७६, हरि चौहानले ५६, सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहराले २ रन बनाए ।

याे पनि पढ्नुस  रित र हरिको उत्कृष्ट प्रदर्शन, श्रीलंकालाई मध्यम लक्ष्य

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

याे पनि पढ्नुस  दोस्रो खेलमा नेपालको खराब सुरुवात, पहिलो ओभरमै विकेट पतन

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्