श्रीलंकाको तेस्रो विकेट पतन, पवनलाई पहिलो सफलता

काठमाडौंः  एसीसी एसिया कप सुरु हुनुअघि दोस्रो अभ्यास खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको बादुरालिया क्रिकेट क्लबले सस्तैमा ३ विकेट गुमाएको छ ।

श्रीलंकाको तेस्रो विकेट पवन सराफले लिए । उनले २ छक्का र २ चौकाको मद्दतमा १० बलमा २१ रन बनाएका आर्शिख लक्षणलाई आउट गर्न सफल भएका हुन् ।

नेपाललाई पहिलो र दोस्रो सफलता कमलसिंह ऐरीले दिलाएका थिए । ताजा अवस्थामा श्रीलंकाले ८ ओभरमा ३ विकेट गुमाएर ४० रन बनाएको छ ।

याे पनि पढ्नुस  १३ औँ सागः टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बादुरालिया क्रिकेट क्लबलाई डिएल मेथडका आधारमा १६५ रनको लक्ष्य दिएको छ ।

४०.५ ओभरमा वर्षा परेपछि नेपालले ३१ ओभरमा १६५ रनको लक्ष्य दिएको हो । ४०।५ ओभरमा रोकिएको खेल पूरै ५० ओभर खेलाइने निर्णय हुँदा नेपालले ४६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०६ रन बनायो ।

याे पनि पढ्नुस  १३ औँ सागः श्रीलंकाविरुद्ध नेपालको १०० रन पूरा

दोस्रो अभ्यास खेलमा नेपालका रित गौतमले ७६, हरि चौहानले ५६, सन्दीप जोराले २४, रोहित कुमार पौडेलले ३, आशिफ शेख १४, खडक बोहराले २ रन बनाए ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

याे पनि पढ्नुस  भुटानको दोस्रो विकेट पतन, पवनलाई पहिलो सफलता

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्