श्रीलंकाका ‘मिस्ट्री स्पिनर’ मेन्डिसले लिए सन्यास

काठमाडौं : श्रीलंकाली क्रिकेटर अजन्था मेन्डिसले क्रिकेटको सबै फम्र्याटबाट सन्यासको घोषणा गरेका छन् । थोरै खेल खेलेर छोटो अवधिमा नै आफ्नो पहिचान बनाएका मेन्डिसले बिहीबार सबै क्रिकेट फम्र्याटबाट सन्यास घोषणा गरेका हुन् ।

सन् २०१५ मा आफ्नो देशका लागि न्युजिल्यान्डविरुद्ध अन्तिम एकदिवसीय क्रिकेट खेल खेलेका मेन्डिस त्यसपछि भने उनी टिमबाहिर नै रहंदै आएका थिए । उनले श्रीलंकाका लागि १९ टेष्ट खेलबाट ७० विकेट लिएका थिए । त्यस्तै, ८७ एकदिवसीय क्रिकेटमा उनले १५२ विकेट र ३९ टी–२० क्रिकेटमा ६६ विकेट लिएका थिए ।

सन् २००८ मा वेष्ट इन्डिजविरुद्धको डेब्यु खेलमा नै तीन विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्