Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कम्युनिष्ट सरकार स्वीकार्छौ तर राज्य नै कम्युनिष्ट बनाउने खेल भयो- उपसभापति नीधि

काठमाडौं । नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको आलोचना गरेका छन् ।

नेकपा सरकारले राज्यका सबै संयन्त्रलाई कम्युनिष्ट बनाउन खोजेको भन्दै उनले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाए ।

ग्लोवल युथ एलायन्सले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने बताए ।

नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै साशन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेसका अर्का नेता एनपी साउदले गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसमा अब युवाशक्तिको आवश्यक रहेको बताए ।

उनले समयको मागसँगै समृद्धि र विकासका लागि अब नयाँ पीडिलाई अवसर प्रदान गर्न ढिलाई गर्न नहुने सुझाव दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: