रक्तचन्दन तथा यार्सागुम्बासहित २ जना पक्राउ

काठमाडौं : रक्तचन्दन तथा यार्सागुम्बासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन् ।

रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूको साथबाट रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडी बरामद गरेको हो ।

त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्