लेखापाल र सहायक प्रधानाध्यापक डेढ लाख घुससहित अख्तियारको फन्दामा

काठमाडौं : काठमाडौं महानगरपालिका–७ चावहिलमा रहेको पशुपति मित्र माध्यमिक विद्यालयका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. घुस रकमसहित पक्राउ परेका छन् ।

विद्यालयमा क्यान्टिन निर्माणपछि रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले लेखापाल पराजुली र सहायक प्रधानाध्यापक बि.सी.लाई पक्राउ गरेको हो।

उनीहरूलाई एक लाख पचास हजार रुपैयाँसहित घुस रकम लिइसकेको अवस्थामा विद्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्