आत्मसमर्पणपछि रिहा भए विप्लवका समूहका यी नेता

बागलुङ । हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सक्रिय सदस्य ढोरपाटन नगरपालिका–१ का हरि बहादुर कुँवरले बिहीबार जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेपछि उनी हिरासत मुक्त भएका छन् ।

प्रहरीले उनलाई १८ साउनमा बुर्तिबाङबाट पक्राउ गरेको थियो । कुवरले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीलगायत सुरक्षा निकाय प्रमुख, नागरिक समाज र पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

याे पनि पढ्नुस  विप्लव समूहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

आत्मसमर्पण गरेपछि उनले स्वतन्त्र नागरिकको हैसियतमा रहने बताए । उनले विगतमा राष्ट्रिय जनमोर्चामा, नेकपा माओवादी, वैद्य माओवादी हुँदै विप्लव नेतृत्वको नकेपालाई समर्थन गरेको बताए ।

कमेन्ट गर्नुहोस्